Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको डिजिटल मार्केटिङ एनआईटीभीले गर्ने

टेलिकमको डिजिटल मार्केटिङ एनआईटीभीले गर्ने


काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारीरूपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ एनआईटीभी नेपालले गर्नेछ ।

यस्तै, दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तर्क्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुने सम्झौतामा उल्लेख छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवाको बारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तर्क्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया