Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोला नेपालको ‘ड्रिंक एन्ड विन’ योजना

कोका–कोला नेपालको ‘ड्रिंक एन्ड विन’ योजना


काठमाडौं । पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेनअन्तर्गत ग्राहकहरूले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

‘ड्रिंक एन्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मुनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । कम्पनीको यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एन्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका एक सय ७५ एमएल र दुई सय ५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया