Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिभिल मलमा ‘चिया अड्डा’को छैटौं आउटलेट

सिभिल मलमा ‘चिया अड्डा’को छैटौं आउटलेट


काठमाडौं । चिया–चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारास्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ । उद्यमी संयोग कोइरालाले सन् १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हालसम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यकाबाहिर भरतपुरमा गरी छ ठाउँमा विस्तारमा भएको छ ।

सिभिल मलमा मनोरम वातावरण(एमबीएन्स)सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा पाइने सञ्चालक कोइरालाले बताए । विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कल्चरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवातदेखि नै लागिरहेको जनाइएको छ । चिया अड्डाका आउटलेटहरूमा सधैंजसो चिया पारखीहरूको भिड लाग्ने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया