Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअर्थमन्त्रीसँग उद्योगीको गुनासो :बजारमा पैसा छैन

अर्थमन्त्रीसँग उद्योगीको गुनासो :बजारमा पैसा छैन


विराटनगर, माघ ६

स्विस सरकारबाट प्रदेश १ सरकारलाई प्राप्त एक अर्ब सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी हुन आएका संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले गुनासो गरेका छन् । उद्योगी तथा व्यवसायीको छाता संगठन मोरङ व्यापार संघको सभाहलमा आयोजित छलफल कार्यक्रममा उद्योगीले संघीय सरकारका अर्थमन्त्री डा. खतिवडासँग बजारमा पैसा नभएको गुनासो गरे । मन्त्री खतिवडाको उपस्थितिमा गत शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा संविधानसभाका सांसद तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष समेत रहेका उद्योगी पवनकुमार सारडाले बजारमा पैसा नभएको बताएका थिए । सारडाले भने, ‘उद्योगबाट सामान बजार पठायो पैसा उठ्दैन, व्यवसायीलाई सोध्यो सामान ठेकेदारले लग्यो भुक्तानी दिँदैन भन्छन्, ठेकेदारचाहिँ लगानी भयो सरकारले पैसा दिँदैन भन्छ ।’ उनले अगाडि थपे, ‘मन्त्रीज्यू पैसा कहाँ गयो, खोजिदिनुप¥यो ।’ उद्योगी व्यवसायीको गुनासो सुनेका अर्थमन्त्री डा. युवराज खतिवडा केहीबेर नाजवाफ भएका थिए । केहीबेर पछि उनले सरकारको ढुकुटीमा केही पैसा जम्मा भएको भन्दै आगामी फागुन महिनाभित्रमै बजारमा आउने जवाफ दिए । अर्थमन्त्री खतिवडाले उद्योगी, व्यवसायीले भनेजस्तो बजारमा पैसा गायब नभएको बताए ।

बजारमा पैसा नै छैन भन्ने कुरामा सत्यता नभएको जिकिर गर्दै अर्थमन्त्री खतिवडाले सरकारी ढुकुटीमा भएको थप पैसा पनि पुस मसान्तपछि बजारमा आउने बताए । उद्योगी व्यवसायीका तर्फबाट समस्या राख्दै आयोजक मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले व्यवसायी निकै निराश अवस्थामा रहेको बताएका थिए । भारतको जोगवनीमा रहेको एउटा सानो मीरगञ्ज पुल नबन्दा नेपाली उद्योगी व्यवसायीले निकै ठूलो समस्या झेल्नुपरेको उल्लेख गर्दै मुन्दडाले विदेशी लगानीको सम्बन्धमा सरकारले लचिलो नीति लिएर स्वदेशी उद्योग धराशायी हुने अवस्था सृजना भएको गुनासो गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

ताजा अपडेट