Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेगवे–नाइनबटको ‘स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१२५’ सार्वजनिक

सेगवे–नाइनबटको ‘स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१२५’ सार्वजनिक


काठमाडौं । छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ । सेगवे विश्वव्यापी रूपमा लोकप्रिय र उच्च बिक्री हुने ई–स्कुटर ब्रान्ड हो ।

नेपालमा सेगवे ई–१२५ को बिक्री चैत १९ देखि वारेन्टीसहित सुरु भइसकेको कम्पनीले जनाएको छ । नेपालमा नाइनबटका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरू पनि सार्वजनिक गर्ने बताएको छ । कम्पनीका अनुसार इलेक्ट्रिक स्कुटर ई–१२५ संयुक्त राज्य अमेरिकाको मोबिलिटी इनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । २०२० रेड डट डिजाइन अवार्ड विजेता यो इलेक्ट्रिक स्कुटर सेगवे नाइनबटद्वारा बनाइएको ई श्रृङ्खलाअन्तर्गतको पहिलो स्कुटर हो । यो इलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्र्याक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिनेजस्ता नयाँ अविष्कार र सेन्सरहरूले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको कम्पनीको भनाइ छ ।

प्रतिघण्टा ७५ किमिसम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम दुई हजार चार सय वाट वोस्च इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४ भी र २७ एच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय पाँच–छ घण्टा रहेको छ, जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ । कम्पनीका अनुसार स्कुटरसँगै सिङ्गल ब्याट्री पनि आउँछ । ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सक्नेछन् ।

वोस्चको १०औँ पुस्ताको डुअल च्यानल एबीएस ब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ । सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरू प्रदान गर्दछ । आईपीएक्स पाँच वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ । साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरू कुदाउन सकिँदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ । सेगवे ई–१२५ दुई भिन्न आकर्षक रङ्गहरूमा सेतो र ग्रे उपलब्ध छ । यो स्कुटरको नेपाली मूल्य तीन लाख ९१ हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x