तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङको निर्माण अन्तिम चरणमा
काठमाडौं । तनहुँ परेवाडाँडामा जिपलाइन र ’स्काई रोप साइक्लिङ’ निर्माणको अन्तिम चरणमा पुगेको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ थप गरेको हो ।
केही दिनमा जिपलाइन तयार हुने र स्काई रोप साइक्लिङ पनि कार्तिक महिना भित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । ‘मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुडाँडासम्म पुग्ने व्यवस्था गरिएको छ’, उनी भन्छन्, ‘९० फिट हाइटमा एक सय मिटरको स्काई रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।’ यस्तै, जिपलाइनका लागि एक हजार पाँच सय र स्काई रोप साइक्लिङ (दुई तर्फी)का लागि एक हजार शुल्क तोकिएको उनी बताउँछन् । रिसोर्टले जिपलाइन र स्काई रोप साइक्लिङका लागि मात्र एक करोड २५ लाख बजेट छुट्याएको सापकोटाले जानकारी दिए ।
रिसोर्ट दमौलीबाट पाँच किमि उत्तर परेवाडाँडामा अवस्थित छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल चार रोपनीमा संरचनाहरू बनेका छन् । यस्तै, आगामी दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायतका संरचनाहरू समेत थप्ने योजना रहेको उनी बताउँछन् । यसबाहेक रिसोर्टमा जाइन्ट स्विङ समेत सञ्चालनमा रहेको छ । उक्त स्विङ दुई वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको सापकोटा बताउँछन् । उनका अनुसार, ९० किलोसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया