ट्रानद्वारा ग्रामीण भेगका विद्यालयमा शैक्षिक सामग्री वितरण
काठमाडौं,ट्रिनिटी भूतपूर्व विद्यार्थी संगठन नेपाल (ट्रान)ले दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमीगाउँमा रहेको सिमीगाउँ प्राथमिक विद्यालय र बिगु गाउँपालिका–१ जगतस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
‘सबैका लागि शिक्षा’ सामाजिक कार्यक्रमअन्तर्गत ट्रानले नेपालका विकट ठाउँमा सञ्चालित विद्यालय र विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने गरेको छ । सोहीअनुरूप यसपटक ट्रानले दोलखाका दुई विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको हो ।
संस्थाले गत वैशाख २८ गते गौरीशंकर उच्च माध्यमिक विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्मका तीन सय ४६ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो । विद्यार्थीहरूलाई झोला, कापी, कलमलगायत वितरण गरिएको बताइएको छ । त्यस्तै, वैशाख २९ गते सिमीगाउँ प्राथमिक विद्यालयमा शिशु कक्षादेखि कक्षा पाँचसम्मका ३० विद्यार्थीहरूलाई विभिन्न शैक्षिक एवं खेलकुदका सामग्री वितरण गरेको थियो । यसबाहेक विद्यालयलाई दुईवटा कम्प्युटर पनि उपलब्ध गराएको संस्थाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया