Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरी सोहीअन्तर्गत् सो कार्यक्रम आयोजना गरेको हो । यही पौष १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७ औँवर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सात वटै प्रदेशमा गइरहेको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरू–महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवाहरू निःशुल्करूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्ने बताइएको छ । जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यसअन्तर्गत बैंकले पौष ४ गते बुधबार सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा एक सय ७० भन्दा बढी महिलाहरूको स्वास्थ्य जाँच गरेको थियो ।

यसैगरी, बैंकले अरू छवटा प्रदेशमा यही पुस महिनामा शिविर सञ्चालन गर्ने भएको हो । जसअन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ८ चितवनस्थित गौरीगञ्ज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पाल्पास्थित छहरा स्वास्थ्य चौकीमा पौष १७ गते मंगलबार कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पौष १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ म्याग्दीस्थित पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते शनिबार स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बंैकले लिएको छ । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया