Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको तालिम

माछापुच्छ्रे बैंकको तालिम


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित श्रीजनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यावसायिक सिपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । माध्यमिक तहका विद्यार्थीहरूमा व्यावसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्देश्यले बैंकले इन्जिनिर्यस विथ आउट बोर्डस नामक संस्थासँगको सहकार्यमा व्यावसायिक सिपमूलक तालिम आयोजना गरेको हो । बैंकले इन्जिनियर्स विथ आउट बोर्डस नामक संस्थासँग सहकार्य गरी एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरी आइतबार उक्त कार्यक्रम समापनको गरेको थियो ।

उक्त समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरणमन्त्री एवम् बैंकका पूर्वअध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले विद्यालयस्तरदेखि नै विद्यार्थीमा व्यावसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरूले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता वृद्धि गर्न सहयोग गर्ने बताए । सोही कार्यक्रममा बोल्दै माछापुुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकासलगायतका क्षेत्रमा स्थानीय निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए  । एक सातासम्म सञ्चालन भएको उक्त सीपमूलक तालिम कार्यक्रममा गोबर ग्यासबाट बायो ग्यास निकाल्ने, पानी फिल्टर गर्नेलगायतका प्राविधिक तालिम तथा उनबाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने व्यावसायिक तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया