Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक रुपैयाँको खेलमा अल्टिमा लाइफस्टाइलका प्रडक्ट जित्ने आइएमई पेको योजना

एक रुपैयाँको खेलमा अल्टिमा लाइफस्टाइलका प्रडक्ट जित्ने आइएमई पेको योजना


काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यही माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले ?’ नामक एक रुपैयाँको खेल सार्वजनिक गरेको छ । यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आबद्ध भईएक रुपैयाँ खेल सुरु गरेको छ । साथै खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले एक रुपैयाँमा आफूलाई मनपर्ने प्रोडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।

यसका अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेमार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ । साथै, प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशतसम्म अतिरिक्त छुट (एक सय ५० रुपैयाँसम्म) पनि प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया