Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफेडेरल रि–इन्स्योरेन्स ब्रोकर र निर्माबीच साझेदारी

फेडेरल रि–इन्स्योरेन्स ब्रोकर र निर्माबीच साझेदारी


काठमाडौं । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) बीच समझादारी भएको छ । बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरूको लागि दीर्घकालीन सहकार्य गर्नेसम्बन्धी रणनीतिक समझदारी मंगलबार फेडेरलको कार्यालय काठमाडौंमा सम्पन्न भएको हो ।

सो सम्झौतापत्रमा फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको तर्फबाट अध्यक्ष डा रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै संस्थाको उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

फेडेरल पब्लिक लिमिटेडको रूपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छोटो समयमै बेलायतबाट प्रतिष्ठित गुणस्तर चिह्न आईएसओ ९००ः२०१५ र इन्डियन चेम्बर अफ कमर्सबाट नेपालको तर्फबाट ब्रोकर अफर दि एयर २०२३ को उपाधि हासिल गर्न समेत सफल भएको छ भने अर्कोतर्फ, बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताहरूको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) को मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशनमार्फत बीमा उद्योगको प्रवद्र्धन गर्नु रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया