Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखुद मुनाफा घट्यो, पाँचवटा फाइनान्सको खुद मुनाफा ऋणात्मक

खुद मुनाफा घट्यो, पाँचवटा फाइनान्सको खुद मुनाफा ऋणात्मक

फाइनान्सहरूमा झण्डै २० प्रतिशत कर्जा खराब


काठमाडौं । फाइनान्स कम्पनीहरूमा खराब कर्जाको मात्रा बढेर झण्डै २० प्रतिशतसम्म पुगेको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमध्येमा पछिल्लो अवधिसम्ममा १५ वटाले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाधबाहेक सबैजसो फाइनान्समा खराब कर्जा बढेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा यस्तो खराब कर्जाको मात्रा १४ प्रतिशतसम्म रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासमा १९ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाएको जानकी फाइनान्समा सबैभन्दा बढी अर्थात् १९ दशमलव ९९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा एक करोड ४५ लाख ९२ हजार रुपैयाँँ खुद मुनाफा कमाएकोमा उक्त फाइनान्समा ११ दशमलव १८ प्रतिशत कर्जा खराब देखिएको थियो । पछिल्लो अवधिमा पाँच करोड ४७ लाख ६५ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेको रिलायन्स फाइनान्समा नौ दशमलव ६७ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा तीन करोड ८४ लाख ९६ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेको उक्त फाइनान्समा चार दशमलव ८९ प्रतिशत कर्जा खराब रहेको थियो । यही पुस मसान्तसम्म एक करोड आठ लाख ४७ हजार रुपैयाँँ खुद मुनाफा कमाएकोमा बेस्ट फाइनान्समा तीन दशमलव ३२ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा ९७ लाख दुई हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा उक्त फाइनान्समा चार दशमलव शून्य पाँच प्रतिशत कर्जा खराब देखिएको थियो । मञ्जुश्री फाइनान्सले पछिल्लो अवधिमा १० करोड ५४ लाख ७१ हजार रुपैयाँँ खुद मुनाफा कमाएको छ । सो अवधिमा तीन दशमलव ५० प्रतिशत कर्जा खराब रहेको फाइनान्समा गत आवको सोही अवधिमा १३ करोड ६५ लाख २९ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा दुई दशमलव शून्य दुई प्रतिशत कर्जा खराब देखिएको थियो । गोर्खाज फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा १२ करोड १६ लाख पाँच हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा १३ दशमलव ७५ प्रतिशत कर्जा खराब देखिएको थियो । गत आवको सोही अवधिमा छ करोड ७१ लाख ५७ हजार रुपैयाँँ खुद मुनाफा कमाएकोमा गोर्खाजमा छ दशमलव ७६ प्रतिशत कर्जा खराब रहेको थियो ।

प्रोग्रेसिभ फाइनान्सले भने चालू आवको दोस्रो त्रैमासमा १० करोड ५७ लाख ५० हजार रुपैयाँँ खुद नोक्सानी व्यहोर्दा ११ दशमलव ४५ प्र्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा एक करोड ३० लाख २५ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेकोमा उक्त फाइनान्समा चार दशमलव ८१ प्रतिशत कर्जा खराब देखिएको थियो । मल्टीपर्पस फाइनान्समा पनि पछिल्लो अवधिमा एक दशमलव ४८ प्रतिशत कर्जा खराब देखिएको छ भने खुद मुनाफा एक करोड १२ लाख ४९ हजार रुपैयाँँ रहेको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सले २३ लाख ३१ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा शून्य दशमलव ३९ प्रतिशत कर्जा खराब देखिएको थियो । चालू आवको दोस्रो त्रैमासमा दुई करोड २८ लाख ८५ हजार रुपैयाँँ खुद मुनाफा कमाएको गुडविल फाइनान्समा पाँच दशमलव २३ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा चार करोड ५९ लाख ४३ हजार रुपैयाँँ खुद मुनाफा कमाएको गुडविलमा तीन दशमलव ७१ प्रतिशत कर्जा खराब देखिएको थियो । आईसीएफसी फाइनान्सले चालू आवको पछिल्लो अवधिमा पाँच करोड ३२ लाख २२ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा दुई दशमलव २१ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सले तीन करोड ९१ लाख ६५ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८६ प्रतिशत कर्जा खराब देखिएको थियो ।

चालू आवको दोस्रो त्रैमासमा दुई करोड ९० लाख ५४ हजार रुपैयाँँ खुद मुनाफा कमाएको पोखरा फाइनान्समा चार दशमलव ७६ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्समा तीन दशमलव ८६ प्रतिशत कर्जा खराब रहेको थियो भने खुद मुनाफा तीन करोड ५५ लाख ७५ हजार रुपैयाँँ रहेको थियो । पछिल्लो अवधिमा १० दशमलव ५२ प्रतिशत कर्जा खराब रहेको नेपाल फाइनान्सको खुद मुनाफा आठ लाख १२ हजार रुपैयाँँ रहेको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सले ४७ लाख ३१ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा १४ दशमलव १९ प्रतिशत कर्जा खराब देखिएको थियो । यसैगरी गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले भने चालू आवको दोस्रो त्रैमासमा छ करोड ७० लाख ३० हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेको छ । सो अवधिमा पाँच दशमलव ४५ प्रतिशत कर्जा खराब रहेको उक्त फाइनान्सले गत आवको सोही अवधिमा ७२ लाख १९ हजार रुपैयाँँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जाको अनुपात तीन दशमलव २१ प्रतिशत रहेको थियो । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले भने चालू आवको दोस्रो त्रैमासमा दुई करोड ५६ लाख ४४ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा एक दशमलव ९४ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सले दुई करोड सात लाख ३७ हजार रुपैयाँँ खुद मुनाफा कमाउँदा एक दशमलव ३६ प्रतिशत कर्जा खराब देखिएको थियो ।

समृद्धि फाइनान्सले भने चालू आवको दोस्रो त्रैमासमा दुई करोड १३ लाख ४५ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोर्दा चार दशमलव ६८ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सले सात करोड ३३ लाख ७० हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेको थियो भने खराब कर्जाको मात्रा १३ दशमलव ९२ प्रतिशत रहेको थियो । यसैगरी सेन्ट्रल फाइनान्न्सले पनि चालू आवको दोस्रो त्रैमासमा चार करोड ७५ लाख ५६ हजार रुपैयाँँ खुद नोक्सानी व्यहोरेको छ । सो अवधिमा नौं दशमलव ४४ प्रतिशत कर्जा खराब देखिएको उक्त फाइनान्सले गत आवको सोही अवधिमा भने तीन लाख ९९ हजार रुपैयाँँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जाको अनुपात सात दशमलव ६३ प्रतिशत देखिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया