Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघर खरिदमा बैंकको तीन खर्ब ७७ अर्ब ऋण

घर खरिदमा बैंकको तीन खर्ब ७७ अर्ब ऋण


काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट आवास कर्जा (होम लोन) लिने ऋणी बढेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखबाट बढाएर दुई करोड रूपैयाँ पु¥याएपछि यस्तो कर्जा लिने ऋणीको संख्या बढेको बैंकहरूले बताएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म होम लोन शीर्षकमा तीन खर्ब ७७ अर्ब ६६ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह भएको छ । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रूपैयाँ छ भने कुल कर्जा ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रूपैयाँ प्रवाह भएको छ । बैंकहरूले होम लोनमा प्रवाह गरेको कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ अर्ब ६१ करोड ७० लाख रूपैयाँले बढी हो । गतवर्ष मंसिरसम्म बैंकिङ क्षेत्रको यस्तो कर्जा तीन खर्ब ४६ अर्ब पाँच करोड १० लाख रूपैयाँ थियो ।

वाणिज्य बैंकहरूले मात्र चालू आवको मंसिर मसान्तसम्ममा ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रूपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये होमलोन शीर्षकमा मात्र वाणिज्य बैंकहरूले कुल तीन खर्ब चार अर्ब तीन करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ अर्ब ७७ करोड ३० लाख रूपैयाँले बढी हो । गतवर्ष सोही अवधिमा अवधिमा वाणिज्य बैंकहरूले ४६ खर्ब २३ अर्ब ५७ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब ३९ अर्ब १९ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा होम लोन शीर्षकमा दुई खर्ब ८२ अर्ब २६ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

No description available.

विकास बैंकहरूले गत मंसिर मसान्तसम्म पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये होम लोनमा मात्र ६१ अर्ब ४१ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ७१ करोड १० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो कर्जा ५२ अर्ब ६९ करोड ९० लाख रूपैयाँ थियो । यस अवधिमा विकास बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः पाँच खर्ब १९ अर्ब ५४ करोड १० लाख रूपैयाँ र चार खर्ब ५८ अर्ब ९१ करोड २० लाख रूपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रूपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये होम लोन शीर्षकमा मात्र प्रवाह भएको कुल कर्जा रकम १२ अर्ब २२ करोड ४० लाख रूपैयाँ छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब १३ करोड ३० लाख रूपैयाँ बढी हो । गतवर्ष मंसिरसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब छ अर्ब छ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ९७ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा होम लोनमा मात्र कुल ११ अर्ब नौ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया