Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोहबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोसराज पोखरेललाई करिब १८ लाख रुपैयाँ बराबरको एक सय ९० थान चेकिङ बोर्ड हस्तान्तरण गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले गर्ने चेकिङलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक चेकिङ बोर्ड प्रदान गरिएको बताए । साथै, उक्त चेकिङ बोर्डहरूको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मत सम्भार समेत यस कम्पनीले गर्ने प्रतिबद्धता जाहेर गर्दै आगामी दिनमा ट्राफिक व्यवस्थापनका क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तत्पर रहेको समेत जानकारी गराए । अब आउने निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोसराज पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथसाथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्धत पुग्ने कुरा बताए । आगामी दिनमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न आतुर रहेको कुरा बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया