Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुुच्छ्रे बैंकले कमायो एक अर्ब १६ करोड

माछापुुच्छ्रे बैंकले कमायो एक अर्ब १६ करोड


काठमाडौं, जेठ १८
माछापुुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १६ करोड ६८ लाख ५५ हजार छ सय ६८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २४ करोड आठ लाख १८ हजार तीन सय २९ रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ४५ करोड ८४ लाख ७७ हजार छ सय ५० रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९९ अर्ब ८५ करोड ११ लाख २९ हजार एक सय ७१ रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४९ करोड ६९ लाख ६७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब तीन करोड ८९ लाख नौ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ८५ अर्ब १९ करोड ८४ लाख दुुई हजार एक सय ४४ रूपैयाँ निक्षेप संंकलन गरी ७५ अर्ब नौ करोड ५७ लाख ७३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ६० करोड १६ लाख ९६ हजार पाँच सय ५८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया