Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको विशेष आवास योजना

ग्लोबल आइएमई बैंकको विशेष आवास योजना


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विशेष आवास योजना सार्वजनिक गरेको छ । बैंकले १० वर्षसम्मको अवधिका लागि नौ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको जनाएको छ । साथै, उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरूले सहजरूपमा कर्जा सार्न समेत सक्नेछन् । यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १० दशमलव ४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १० दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया