Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाईनान्सको खुद मुनाफा एक करोड

बेष्ट फाईनान्सको खुद मुनाफा एक करोड


काठमाडौँ । बेष्ट फाईनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड आठ लाख ४७ हजार पाँच सय ७१ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो नाफा ९७ लाख दुई हजार दुई सय ७६ रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी ८५ करोड ४८ लाख १६ हजार सात सय ७९ रुपैंयाँ रहेको फाईनान्सले चालु आवको दोस्रो त्रैमासमा चार अर्ब ७८ करोड ९२ लाख ९५ हजार छ सय दुई रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब ६१ करोड ६२ लाख ७२ हजार आठ सय ७९ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ९७ लाख ९७ हजार सात सय २१ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा तीन दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३० करोड ६८ लाख ३७ हजार आठ सय ९७ रुपैंयाँ रहेको फाईनान्सको स्प्रेड दर भने चार दशमलव ५१ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाईनान्सले चार अर्ब १७ करोड १५ लाख ६२ हजार आठ सय पाँच रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड ९८ लाख ५४ हजार एक सय ७४ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ८६ लाख २८ हजार चार सय ४६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा चार दशमलव शुन्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया