Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्त शाखा कार्यालय साँखुको वित्तीय साक्षरता कार्यक्रम

स्वावलम्बन लघुवित्त शाखा कार्यालय साँखुको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँखुुले आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अनुसार दुई दिनसम्म सञ्चालन भएको सो कार्यक्रम विशेषतः ग्राहक सदस्यहरूका लागि वित्तीय सचेतना तथा उनीहरूसँग समसामयिक विषयक अन्तक्र्रियामा केन्द्रीत थियो । कार्यक्रमका वक्ताहरूले लघुवित्तले ग्रामीणस्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहकवर्गमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्षरूपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दा लाभान्वित भएको बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले ग्राहकलाई सानोसानो आकारको बचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिँदै आएको विषय प्रशंसायोग्य रहेको बताए । विशिष्ट अतिथि वित्तीय संस्थाका सञ्चालक उमा जोशी बोहराले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङले उद्देश्य अनुसारको कर्जा लिई सही ठाउँमा लगानी गरी प्रतिफल प्राप्त हुने गरी कार्य गर्न र संस्थाको नामअनुसार स्वावलम्बी हुन आग्रह गरे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ की वडा सदस्य मञ्जु पुडासैनीले आफ्नो मन्तव्यका क्रममा लघुवित्तले समाजमा सामूहिक दायित्वका आधारमा विनाधितो कर्जा प्रवाह गरेका कारण महिलाहरूको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठूलो मद्दत गरेको र यसबाट उनीहरूको आर्थिक उन्नतिमा ठूलो प्रगति भएको बताएका छन् । समाजमा हाल विकृतिपछि नलागी आर्थिक अनुशासन कायम राख्न सम्पूर्ण सदस्यलाई आग्रह गरेका छन् । त्यसैगरी कागेश्वरी मनोहरा वडा नं७ की वडा सदस्य सुनिता बोगटीले आफ्नो व्यवसाय सञ्चालनको सहयात्री स्वावलम्बन रहेको बताए । कार्यक्रममा एक सय ५७वटा केन्द्रमध्ये सर्वोत्कृष्ट तीन वटा केन्द्रहरू गोकर्णेश्वर ८ का क्रमशः प्रथम हुने आरुबारी स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ७७, दोस्रो गणेश स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. २० र तेस्रो शंखर स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ६५ लाई प्रमुख अतिथिहरूको को हातबाट प्रमाणपत्रसहित नगद पुरस्कार दिई सम्मान गरिएको छ । केन्द्र नं एक सय २० की सदस्य सावित्री पराजुलीको छोरा सविन पराजुली २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएकोमा विशिष्ट अतिथिद्वारा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया