Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १३ सय ९६ अंकमा ओर्लियो

बजार परिसूचक १३ सय ९६ अंकमा ओर्लियो


काठमाडौं, साउन १९
सेयर बजार परिसूचक साताको पहिलो कारोबार दिन नै ओरालो लागेको छ । यसदिन बजार परिसूचक ४२ दशमलव ७८ अंकले ओरालो लागेर १३ सय ९६ दशमलव २८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन आठ दशमलव १८ अंकले ओरालो लागेर दुुई सय ९२ दशमलव ७७ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८९ कम्पनीहरुको कारोबार भएका छन् । जसबाट २७ हजार आठ सय ६० वटा कारोबारमा ४६ लाख ६१ हजार छ सय आठ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ८४ करोड १२ लाख ४२ हजार तीन सय ३२ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सबै समूहको सूचक ओरालो लाग्दा सेयर बजार पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ४१ दशमलव ४८ अंकले ओरालो लागेर ११ सय ९७ दशमलव चार अंकमा झरेकोमा विकास बैंक समूहको सूचक ५४ दशमलव चार अंकले ओरालो लागेर १७ सय ५२ दशमलव ६२ अंकमा झरेको छ ।

जलविद्युुत् समूहको सूचक पनि १४ दशमलव ४१ अंकले ओरालो लागेर नौ सय ५४ दशमलव ५० अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि ७४ दशमलव ७७ अंकले ओरालो लागेर २३ सय ७३ दशमलव २३ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय ३१ दशमलव ६६ अंकले ओरालो लागेर छ हजार तीन सय ४४ दशमलव ९३ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय ८३ दशमलव आठ अंकले ओरालो लागेर आठ हजार तीन सय ३२ दशमलव ८३ अंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १६ दशमलव सात, ७१ दशमलव ४३, १४ दशमलव २५, ६६ दशमलव ६२, १२ दशमलव २६ र शून्य दशमलव शून्य सात अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्था परेको छ । उक्त संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९८ पैसाले बढेर पाँच सय ९५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ९७ पैसाले बढेर तीन सय २० रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक नेपाल फाइनान्स, रैराङ हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने नौ रुपैयाँ ७२ पैसाले घटेर ६५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको सेयर मूल्य सात रुपैयाँ ८८ पैसाले घटेर तीन सय ३९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन ऊर्जा विकास कम्पनी, तारागाउँ रेजिन्सी होटल आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ८६ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ६५ लाख १७ हजार ७५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १३ सय २३ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ५६ लाख ८२ हजार पाँच सय ४३ रुपैयाँको सेयर किनबेच भएको छ ।

यीबाहेक एनएमबी बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन समिट लघुुवित्त वित्तीय संस्थाको २१ दशमलव १० प्रतिशतको अनुपातमा चार लाख ४३ हजार कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया