Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो सेयरको एकाउन्ट नवीकरण अब ई–सेवाबाट

मेरो सेयरको एकाउन्ट नवीकरण अब ई–सेवाबाट


काठमाडौं, साउन १९
सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नवीकरणको भुक्तानी ई–सेवाबाट गर्न सक्ने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवाले मेरो सेयरको एकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो ।

योसँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नवीकरण गर्न सकिने ई–सेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए । ई–सेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आबद्ध छन् ।

ई–सेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया