Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा सहयोग

एभरेष्ट बैंकद्वारा सहयोग


काठमाडौं, साउन १९
एभरेष्ट बैंक लिमिटेडले सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका रण अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टरअन्तर्गत अस्पताललाई अटोरेफ्रेक्तोरमिटर र केरातोमिटर नामक उपकरण सहयोग गरेको हो । दृष्टिदोष पत्ता लगाइसकेपछि प्रयोग हुने चस्माको पावर जाँचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ ।

१० लाख १५ हजार मूल्यबराबरको रहेको उक्तउपकरण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख विष्णुप्रसाद ज्ञवालीले हस्तान्तरण गरे । स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय , एक सय २४ एटीएम बुथसहित अत्याधुनिक मोबाइल र इन्टरनेटर एमएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया