Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्तरुपमा शुक्रबार बैंकको एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुुन् ।

बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका– ९, नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको दुुई सय ६४ शाखासहित दुई सय ३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुई सय ३१ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया