सिद्धार्थ बैंकद्वारा अस्पताल निर्माणको लागि रकम सहयोग

काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले विहीबार विराटनगरस्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार शारदालाई हस्तान्तरण गरेका हुुन् ।
बैंकबाट प्राप्त रकम नागरिक केयर सेन्टरले प्रदेश नं. १ मा कोभिड–१९ संक्रमितहरूका उपचारका लागि आवश्यक सेवा सुविधायुक्त एक सय श्ययाको अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । संक्रमितहरूलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पु-याएको यस सहयोगबाट संक्रमितहरूको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई उद्योगका बीचमा ट्रेडमार्क चोरीको मुद्दा : सरकारले निर्णय नगर्दा विवाद झन् बढ्यो
- निर्माण सुरु भएको चार वर्षसम्म अलपत्र पुल
- करोडौं राजस्व छलीमा सोझो माझीलाई फसाउने समूहका यादव पक्राउ
- ‘सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौँ’
- अचानक बढ्यो सेयर बजार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- सचेत हुँदै विदेश जाने युवा
- फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया