सेन्टर फर माइक्रोफाइनान्स र नेपाल लघुवित्त बैंकर्सबीच सम्झौता
काठमाडौं, माघ ५
सेण्टर फर माइक्रोफाइनान्स नेपाल र नेपाल लघुवित्त बैंकर्स संघबीच नेपालको अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको सेवाबाट सदस्य तथा समुदायमा परेको आर्थिक सामाजिक प्रभावसम्बन्धी अध्ययन गर्नेबारे सम्झौता सम्पन्न भएको छ । सम्झौतामा सेण्टर फर माइक्रोफाइनान्सका कार्यकारी अध्यक्ष डा. रेवत बहादुर कार्की र नेपाल लघुवित्त बैंकर्स संघको तर्फबाट संघका अध्यक्ष बसन्त लम्सालले हस्ताक्षर गरेका छन् ।
नेपालमा औपचारिक लघुवित्त सेवाका तीन दशकको यात्रामा धेरै परिवर्तन आएको छ । नागरिकमा वित्तलगायतका विभिन्न विषयका सम्बन्धमा चेतनाको स्तरमा सकारातत्मक परिवर्तन, महिलाहरुको नेतृत्व विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा समेत परिवर्तन देखिएको छ । हाल देशमा चार थोक सेवा प्रदायक लघुवित्त संस्थासहित ९१ लघुवित्त वित्तीय संस्था, करिब दश वाणिज्य तथा विकास बैंकहरु, एक हजारको हाराहारीमा साना किशान सहकारी संस्था, करिब एक सय जति लघुवित्त सेवा प्रदायक सहकारी संस्थाहरुले करिब ५० लाखभन्दा बढी मूलतः महिलाहरुमा सेवा पु¥याएको देखिन्छ ।
यी संस्थाहरुले प्रदान गरेको सेवाबाट नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको बिकास परिचालनमा उल्लेख्य योेगदान भएको छ । तर यस सेवाको आर्थिक सामाजिक क्षेत्रमा के कति र कस्तो प्रभाव परेको छ भन्ने बारेमा हालसम्म बृहत् अध्ययन भएको छैन । यो स्थितिलाई दृष्टिगत गरी सन् २०२१ मा सेण्टर फर माइक्रो फाइनान्स नेपालले आयोजना गर्न लागेको पाँचौँ राष्ट्रिय लघुवित्त सम्मेलनको संर्दभमा विशेष महत्व राख्ने साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रले समेत मान्य हुने किसिमले गर्न लागिएको प्रस्तुत अध्ययनले लघुवित्तको प्रभाव मुख्यत गरिबी निवारण, कृषि, सेवा र औद्योगिक उत्पादन, सामाजिक द्वन्द्व, आर्थिक सामाजिक परिचालनमा महिला नेतृत्व विकास, महिलाविरुद्ध हिंसा इत्यादि विषयमा केन्द्रित हुनेछ । एक वर्षमा सम्पन्न गरिने उक्त अध्ययनले नेपालको लघुवित्त क्षेत्रको विकासको लागि विशेष मार्गदर्शन गर्ने संघ र सिएमएफले विश्वास लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया