Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एसोसिएसनबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एसोसिएसनबीच सम्झौता


काठमाडौं ।
ज्योति विकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान)बीच सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विभिन्न बैंकिङ सेवा प्रदानगराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नेपाल रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँसम्मको विनाधितो सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

सम्झौतापश्चात् ज्योति विकास बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई सहज वित्तीय सेवा प्रदान गर्नुका साथै रेबानअन्तर्गतका व्यवसायीहरूलाई डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ ।

व्यवसायीहरूले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् । यसका साथै बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त रेबानसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउनेभएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया