Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफर्ष्ट माइक्रोफाइनान्सको खुद मुनाफा १४ करोड १५ लाख

फर्ष्ट माइक्रोफाइनान्सको खुद मुनाफा १४ करोड १५ लाख


काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ मा १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड ९७ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले यस आर्थिक वर्षमा आठ अर्ब २० करोड ४१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ७५ लाख ७१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले पाँच अर्ब ५४ करोड २७ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ४१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३४ लाख ३२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया