Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेट लाइफद्वारा पोखरा र बुटवल कार्यालयहरू शाखा कार्यालयमा रूपान्तरण

मेट लाइफद्वारा पोखरा र बुटवल कार्यालयहरू शाखा कार्यालयमा रूपान्तरण


काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पोखरा र बुटवल कार्यालयहरू शाखा कार्यालयमा रूपान्तरण गरेको छ । ग्राहकहरूलाई निरन्तर रूपमा सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ मेट लाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरूमा सुविधाहरू विस्तार गरेको हो ।

पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रहरूमा रहेका कार्यालयहरूलाई रूपान्तरण गरी शाखा कार्यालयहरू बनाइएको छ जहाँबाट बीमा आवेदन तथा प्रिमियम संकलन, पोलिसी वितरण तथा पोलिसी परिवर्तन, पुनर्स्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधनसम्बन्धी सेवाहरू प्राप्त गर्न सकिन्छ । दुवै कार्यालयहरूको समुद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीहरूको उपस्थितिमा गरिएको थियो ।

यस परिमार्जनले उक्त क्षेत्रका ग्राहकहरूलाई सुविधामा थप पहुँच प्राप्त गर्न सहयोग मिल्नेछ । प्रमुख व्यापारिक क्षेत्रहरूमा अवस्थित कम्पनीका दुवै कार्यालयहरूमा स्वास्थ्य तथा सुरक्षा मापदण्डहरू कायम राख्नका लागि चाहिने आवश्यक खुला ठाउँहरू पनि यथेष्ट रहेको छ ।

मेट लाइफका ग्राहकहरूले कम्पनीको वेबसाइट वा ग्राहक सेवा एपमार्फत सम्पूर्ण सेवाहरू डिजिटल माध्यमबाट पनि प्राप्त गर्न सक्छन् । नयाँ आवेदन, पोलिसी परिवर्तन तथा प्रिमियम संकलनजस्ता सेवाहरू कार्यालयपरिसरका साथै डिजिटल रूपमा पनि सजिलै प्राप्त गर्न सकिन्छ ।

उद्घाटनका क्रममा, महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेटलाइफको उद्देश्य ग्राहकहरूको अनुभव अभिवृद्धि गर्ने रहेको र हाल रूपान्तरित शाखा कार्यालयहरूले पश्चिम नेपाल र आसपासका आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सुविधा प्रदान गरी ग्राहक अनुभवलाई नयाँ आयाम दिने बताए । साथै उनले शाखाहरूमा निहित थप सुविधाहरूको प्रावधान र सबैलाई पायक पर्ने स्थानले गर्दा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्ने क्षमतामा समेत वृद्धि हुने र उक्त क्षेत्रका समुदायहरूलाई अपरिहार्य जीवन सुरक्षाका आवश्यकताहरूमा पहुँच बढाउने विचार पनि व्यक्त गरेका छन् ।

मेट लाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेट लाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेट लाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया