Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको ‘प्रिपेड डलर कार्ड’

ज्योति विकास बैंकको ‘प्रिपेड डलर कार्ड’


काठमाडौँ । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।

बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाइ गरी एक दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।  बैंकले आइतबारदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवद्र्धन गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो ।

प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकहरूले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम पाँच सय अमेरिकी डलरबराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् ।

डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी विवरण अद्यावधिक गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्कबापत निश्चित रकम लिनेछ र पहिलो पटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ ।

यो सुविधा बैंकका देशैभरिका एक सय पाँचवटै शाखा कार्यालयहरूबाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइटमार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ । साथै बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवद्र्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ एप सुचारु गरेको थियो ।

बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया