Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल लाइफद्वारा शिक्षण अस्पताललाई एक सयवटा ह्विलचियर हस्तान्तरण

नेपाल लाइफद्वारा शिक्षण अस्पताललाई एक सयवटा ह्विलचियर हस्तान्तरण


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जलाई सोमबार एक कार्यक्रमका बीच ह्विलचियर हस्तान्तरण गरेको छ । इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौतापत्र आदनप्रदान गरी औपचारिकरूपमा ह्विलचियर हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्विलचियर प्रदान गर्न पाउनु आफैँमा गर्वको विषय भएको बताए । उनले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गरे । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले हाम्रो समाजप्रति पनि ठूलै दायित्व रहेको बताए । त्यसैले हाललाई एक सयवटा ह्विलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्विलचियर आवश्यकता पर्ने र अस्पतालको आवश्यकताअनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे । यस्ता मनकारी संघ संस्थाहरूको सहयोगले नै अस्पताल जीवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उनको भनाइ थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया