Techie IT
×
गृहपृष्ठbreaking१९ सय ७७ बिन्दुमा उक्लियो सेयर बजार

१९ सय ७७ बिन्दुमा उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक छ दशमलव ६८ अंकले उकालो लागेर १९ सय ७७ दशमलव ३० बिन्दुमा चढेको छ ।

क बर्गका कन्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५७ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ७७ बिन्दुमा चढेको छ । आज १३ वटा उपममुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २५ हजार ३७ पटकको कारोबारमा २८ लाख ७६ हजार दुई सय ८८ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब सात करोड १६ लाख १५ हजार नौं सय २२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने चार वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया