Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वालम्बन लघुवित्तको नाफा २४ करोड

स्वालम्बन लघुवित्तको नाफा २४ करोड


काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४ करोड एक लाख ९५ हजार एक सय ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २३ करोड ५१ लाख १६ हजार चार सय ६८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा १२ अर्ब ६९ करोड सात लाख ८३ हजार तीन सय १५ रूपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १६ करोड पाँच लाख एक हजार पाँच सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७० करोड ८७ लाख ६५ हजार चार सय एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २७ करोड ९२ लाख ६८ हजार पाँच सय १६ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव १० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ११ अर्ब २६ करोड ८३ लाख चार हजार आठ सय ४९ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९६ करोड १४ लाख ७१ हजार पाँच सय ८७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७६ करोड ६२ लाख ४६ हजार नौ सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३१ करोड ९३ लाख २४ हजार ७४ रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव २६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6

तपाईको प्रतिक्रिया