Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता

सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता


काठमाडौं, चैत १०
सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँैका बसुन्धारास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रालिबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिने छुटसम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ । सम्झौतापश्चात् बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरूले बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशतसम्मको छुट र बैंकका ग्राहकवर्गहरूले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेशराज महर्जन र चिरायु हस्पिटलका तर्फबाट सञ्चालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुुन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ८५ वटा शाखा (तीनवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, दुुई सय पाँचवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया