Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजेटलाई सेयर बजारको लालसलाम !

बजेटलाई सेयर बजारको लालसलाम !


काठमाडौं, बजेटलाई सेयर बजारले लालसलाम गरेको छ । अघिल्लो दिन सरकारले आर्थिक बर्ष २०८०/०८१ को लागि बजेट घोषणा गरेको थियो । बजेट घोषणापछि सेयरबजार बढ्छ भन्दै केही शेयर बिश्लेषक भनौंदाहरुले बजेट घोषणापछि सेयर बजार बढ्छ भन्दै हल्ला फैलाएका थिए । तर त्यसको बिपरित बजेट घोषणा पछिको पहिलो दिन नैं बजेटलाई सेयर बजारले लालसलाम गरेको छ ।

सो अनुसार मंगलबार बजार परिसुचक ५३ दशमलव १६ अंकले ओरालो लागेर १८ सय ८८ दशमलव ६१ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६० दशमलव ७१ बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमुमहरु अन्र्तगत दुई सय ७५ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट ४० हजार छ सय ३४ पटकको कारोबारमा ७० लाख ७४ हजार दुई सय ५५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ३४ करोड १७ लाख ७७ हजार आठ सय ४४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घटेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया