Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयगोली हान्नेभन्दा गलत निर्णय गर्ने हाकिम दोषी

गोली हान्नेभन्दा गलत निर्णय गर्ने हाकिम दोषी


काठमाडौं । सरकारले गलत काम गर्ने र गोलीचाहिँ नागरिकले खानुपर्ने गएको पुस १३ देखि १९ गतेका बीचमा प्रहरीको गोली लागेर तीनजना युवाहरूको ज्यान गयो । मारिने युवाको उमेर २२, २३ र २७ वर्षको छ । यिनीमाथि किन गोली चलाउनैपर्ने वातावरण कसले निर्माण गरेका थिए भन्ने पक्षबाट हेरियो भने चित्र अझ डरलाग्दो देखिन्छ । यी घटना गत साता अर्थात् शुक्रबार ललितपुरको बालकुमारीमा र अर्को शुकबार नै सर्लाहीको बरहथवामा गोली चलाइयो । यी ठाउँमा केही भिड प्रदर्शनीमा उत्रनुमा भने सरकारका गलत निर्णय कारक देखिन्छन् ।

ललितपुरको बालकुमारीमा सरकारी कर्मचारीको र सर्लाहीको बरहथवामा नगरपालिकाका मेयरबाट जे–जस्ता निर्णय भए तिनले नै युवाहरूलाई सडकमा उतारेको अवस्था छ । यी दुवै घटनामा सरकारले मान्छे मार्नकै लागि अत्यधिक तर मान्छेको सिधै टाउकोमा लागेको छ । अश्रुग्यास रंगोली बराबरी प्रयोग भएका देखिन्छन् जबकि धेरै अश्रुग्यास प्रयोग भएका देखिन्छ । चेतावनी पनि दिएको पाइएन । उल्लेखित ठाउँमा अधिकारीहरूबाट गलत निर्णय भएका थिएनन् भने यी घटना पनि हुने थिएनन् । त्यसकारण यी घटनाको छानबिन हुँदा गोली चलाउनेभन्दा त्यस्तो वातावरणको निर्माण गर्ने कोहो भन्ने पक्षमा गम्भीर हुनुपर्छ ।

बालकुमारी काण्ड दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षामा सम्मिलित हुन चाहने युवाहरूलाई बञ्चित गर्न खोज्दा उत्पन्न भएको घटना हो । यसमा प्रदर्शनकारीको कुनै दोष थिएन । खुला परीक्षामा सामेल गराइपाऊँ भन्दा दिइएन । त्यसपछि युवाहरू प्रदर्शनमा उत्रिए । त्यसमा प्रहरीले चलाएको गोलीबाट अछाम चौरपाटी गाउँपालिका एक सिउडीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका ६ रानीवनका २३ वर्षीय सुजन राउतको मृत्यु भयो । त्यसपछि लगत्तै पहिले प्रतिबन्ध लगाएको कार्यालयले नै परीक्षा खुलायो जसमा २० हजार युवा सहभागी भए । यसले कति ठूलो संख्या माथि अन्याय गर्न खोजिएको रहेछ भन्ने बुझाउँछ । उता शुक्रबार नै सर्लाहीको बरहथवा नगरपालिका ६ मा अस्पतालको विषयमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा बिजुलीको महसुल बुझाउन गएका स्थानीय २८ वर्षीय जयशंकर साहको मृत्यु भयो । उनी त यो आन्दोलनमा सहभागी भएका पनि थिएनन् । उनी त्यो बाटो हिँड्दा केही व्यक्ति भने आन्दोलित थिए । आन्दोलनको कारणमा मेयरको एउटा निर्णय केन्द्रमा थियो । १५ शय्याको नगर अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पताल बनाउने भन्ने कुरामा मेयरले आफैँले नै पहिले गरेको निर्णय उल्टाएपछि अस्पतालको स्तरोन्नति हुन नसक्ने भन्ने र यसले थपिन लागेको ३५ शय्या खोसिन लागेकोे भन्ने स्थानीयको बुझाइरह्यो । वास्तवमा नै पचास शय्या र १५ शय्यामा अन्तर हुन्छ नै । यस्तो काम मेयरबाट किन रोकियो भन्ने स्थानीयको प्रश्न आन्दोलनको विषयमा परिणत भयो ।

१५ शय्याको अस्पताललाई पचास शय्यामा परिणत गर्न दिइएको भए सर्लाहीको बरहथवामा न प्रदर्शनी हुन्थ्यो न गोली चल्थ्यो ।

ललितपुरको बालकुमारीमा पनि त्यस्ते हो । यी अधिकारीहरूले गरेको गलत निर्णयले सरोकार राख्ने नागरिकलाई सडकमा उतारेको हो । तिनीहरू सडकमा उत्रिनासाथ वार्ता आदि शान्तिपूर्ण प्रकारका कुनै उपाय अवलम्बन नगरी प्रशासन गोली हान्न ललितपुरको बालकुमारीमा र अर्को शुकबार नै सर्लाहीको बरहथवामा गोली चलाइयो । यी ठाउँमा केही भिड प्रदर्शनीमा उत्रियो । त्यसकारण यी घटनाका कारक सरकार नै रहेको मानिएको हो । आइन्दा अधिकारीहरूबाट यस्ता बेतुकका निर्णयहरू नहुन भन्नका लागि पनि उनीहरूमाथि छानबिन गरे कारबाही गर्नुृपर्ने देखिन्छ । यी घटनालाई यो वा त्यो बहानामा टालटुल गर्न मिल्दैन । सरोकारवालाको हेक्का रहोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया