Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

गाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो


गाजा स्ट्रिप । गाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार छ सय ७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वाथ्य मन्त्रालयले इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार छ सय ७४ मानिसको मृत्यु भएको छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलापछि इजरायलले गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । युद्धमा अहिलेसम्म ५४ हजार पाँच सय ३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ । इजरायली सेनाले मध्य गाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी सहर खान युनिसमा पनि आक्रमण गरेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युद्धमा परी गतसाताको अन्त्यमा गाजामा १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ । इजरायली सेनाले गाजामा आफ्नो भूमिगत आक्रमणको क्रममा मारिएका इजरायली सैनिकको संख्या एक सय ५४ पुगेको बताएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया