Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा रेलवे ट्रयाक ४५ हजार किलोमिटर पुग्यो

चीनमा रेलवे ट्रयाक ४५ हजार किलोमिटर पुग्यो


बेइजिङ । चीनमा सञ्चालित उच्च–गति रेलवेको ट्रयाक ४५ हजार किलोमिटर पुगेको छ । चीनको राष्ट्रिय रेल अपरेटरले सन् २०२३ को अन्तिमसम्म ४५ हजार किलोमिटर ट्रयाक निर्माण भएको जनाएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर छ ।

रेल क्षेत्रमा चीनको लगानी अहिलेसम्म एक सय सात दशमलव सात विलियन अमेरिकी डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले बढी हो ।

सन् २०२३ मा कुल तीन हजार छ सय ३७ किलोमिटर नयाँ ट्रयाकहरु बनेको रेलवे कम्पनीले जनाएको छ । जसमा दुई हजार सात सय ७६ किलोमिटर उच्च–गति रेलवेहरू छन् ।

गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, एक सय वटा रेलवे स्टेशनमा सेवाको शुरुवात तथा निर्माणाधीन एक सय १२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया