Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफ्रान्सले हुवावेमाथि कडाइ गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

फ्रान्सले हुवावेमाथि कडाइ गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह


पेरिस, असार २३
पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको ग्यारेन्टी गर्न फ्रान्ससँग आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाले हुआवेलाई उनीहरूको फाइभ–जी नेटवर्कबाट प्रतिबन्ध लगाएको छ । त्यस्तै फाइनान्सियल टाइम्सका अनुसार बेलायतले यस महिनामा हुवावेका उपकरणहरू आफ्ना दूरसञ्चार प्रणालीबाट निकाल्ने सम्भावना रहेको छ । फ्रान्सको कम्प्युटर प्रणालीको सुरक्षाका लागि राष्ट्रिय निकायले सोमबार बताए अनुसार स्थानीय अपरेटरहरू एसएफआर र बोइगिज टेलिकम, जसले पहिले नै फाइभ–जी उपकरण प्रयोग गर्दैै आएका छन्, का लागि भने फाइभ–जी प्रविधि सञ्चालन गर्न आठ बर्षे इजाजतपत्र जारी गरिनेछ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार नियमित पत्रकार भेटमा भने, ‘फ्रान्सले निश्चित उद्देश्य र निष्पक्ष दृष्टिकोण राख्नेछ र बजार तथा उद्यमहरुलाई उसको आफ्नै हितका लागि छनौट गर्न सहयोग पु¥याउनेमा बेइजिङ विश्वस्त रहेको छ ।’ उनले फ्रान्सलाई चिनियाँ उद्यमहरू लगायत सबै देशका उद्यमहरुलाई खुला, निष्पक्ष, न्यायसंगत र गैरभेदभावपूर्ण व्यवसायीक वातावरण प्रदान गर्न व्यावहारिक कदम चाल्न आग्रह गर्नुभयो ।

हुवावेले यूरोपमा खासगरी मुख्यतया स्विडेनको एरिक्सन र फिनल्याण्डको नोकियासँग प्रतिस्पर्धा गर्दै फाइफ–जी प्रविधिका क्षेत्रमा अरबौँ डलर लगानी गरेको छ । तर संयुक्त राज्यले चिन्ता व्यक्त गरेको छ कि कम्पनीको प्रविधि चीनले अन्य देशहरूमा ‘ट्रोजन हर्स’को रूपमा प्रयोग गर्न सक्ने भन्दै यस प्रविधिलाई प्रयोग नगर्न आफ्ना सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया