Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलिलामसम्बन्धी सिद्धान्त र ढाँचा निर्माणका लागि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

लिलामसम्बन्धी सिद्धान्त र ढाँचा निर्माणका लागि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार


नर्वे ।
नोबेल पुरस्कार घोषणा हुनेक्रममा सोमबार आर्थिक क्षेत्रबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको छ । पुरस्कार छनौट समितिले गरेको निर्णयअनुसार यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बि विल्सनलाई दिइने भएको हो ।

उनीहरुलाई लिलामसम्बन्धी सिद्धान्तमा सुधार गरेको र लिलामसम्बन्धी नयाँ रूपरेखा (फर्म्याट) बनाएकोले पुरस्कारका लागि छनोट गरिएको नोबेल एकेडेमीको भनाइ छ । उनीहरुले सुधार गरेको सिद्धान्त र नयाँ फम्र्याटको प्रयोगले विश्वभरीका विक्रेता, क्रेता र करदाता लाभान्वित हुने एकेडेमीले जनाएको छ ।

उनीहरुलाई पुरस्कारस्वरुप ११ लाख अमेरिकी डलर र स्वर्ण पदक प्रदान गरिने एकेडेमीका अधिकारीहरुले जानकारी दिएका छन् । अल्फ्रेड नोबेलको स्मृतिमा हरेक वर्ष प्रदान गरिँदै आएको अर्थशास्त्रतर्फको पुरस्कारलाई स्भेरियु रिक्सबैंंक प्राइज पनि भन्ने गरिन्छ । सन् १९६९ देखि २०१९ सम्ममा यो पुरस्कारबाट ८४ जना पुरस्कृत भएका छन् । तीमध्ये दुई जना मात्रै महिला रहेका छन् ।

यसअघि नोवेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार भएको थियो भने चिकित्सा शास्त्र, रसायन शास्त्रलगायतका विभिन्न विधामा दिइने पुरस्कारहरुको पनि घोषणा भइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया