Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमंगलबार भारतमा सन् २०२१ सुरु भएयताकै बढी कोरोना संक्रमण

मंगलबार भारतमा सन् २०२१ सुरु भएयताकै बढी कोरोना संक्रमण


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुनथालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार नौ सय तीन जना संक्रमित भएका हुन् । यसअघि एक दिनमा संक्रमितको संख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष सुरु भएयताको नै सबैभन्दा बढी हो ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड १४ लाख ३८ हजार सात सय २४ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल संक्रमितमध्ये दुई लाख ३४ हजार चार सय छ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार दुई सय ८४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट एक सय ८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको बुधबार जनाइएको छ  ।

भारतमा जनवरीबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मंगलबारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार सात सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा नौ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ । (रासस/सिन्ह्वा)


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया