Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतद्वारा २६ अर्ब ११ करोड डलरको सुन आयात

भारतद्वारा २६ अर्ब ११ करोड डलरको सुन आयात


नयाँ दिल्ली ।
चालू आर्थिक वर्ष २०२०/०२१ मा भारतको सुन आयात ३.३ प्रतिशतले घटेको छ । भारतको वाणिज्य मन्त्रालयले जनाएअनुसार यो वर्ष सुन आयात उक्त दरले घटेर २६ अर्ब ११ करोड अमेरिकी डलर पुगेको छ ।

सुन आयातले देशको चालू खाताा घाटालाई प्रभावित गर्छ । पछिल्लो वर्ष भने भारतको सुन आयात २७ अर्ब अमेरिकी डलर रहेको थियो । मन्त्रालयको तथ्यांकअनुसार सुन आयात घट्दा व्यापारघाटालाई भने राहत भएको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा व्यापारघाटाा घटेर ८४ अर्ब ६२ करोड अमेरिकी डलर रहेको छ । एक वर्षअघि सोही समयमा एक खर्ब ५१ अर्ब ३७ करोड डलर थियो ।

भारत विश्वकै धेरै सुन आयात गर्ने देश हो । आभूषण तथा गरगहना उद्योगको माग पूरा गर्न भारतले ठूलो परिमाणमा सुन आयात गर्दै आएको छ । वार्षिक रुपमा भारतले आठ सयदेखि नौ सय टनसम्म सुन आयात गर्छ । यसपटक भारत सरकारले आभूषण निर्यातलाई प्रोत्साहन गर्न बजेटमै सुन आयात शुल्क ७.५ प्रतिशतले घटाएको छ । तर साढे दुई प्रतिशतको कृषि संरचना र विकास कर लगाएको छ । चालू आवको पहिलो ११ महिनामा भारतबाट रत्न तथा आभूषणको निर्यात ३३.८६ प्रतिशतले घटेर २२ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।

फेब्रुअरी महिनामा भने सुनको आयात बढेर पाँच अर्ब ३० करोड डलरसम्म पुगेको थियो । पछिल्लो वर्ष सोही अवधिमा यस्तो आयात दुई अर्ब ३६ करोड अमेरिकी डलर थियो । अप्रिल–फेब्रुअरी अवधिमा चाँदीको आयात ७०.३ प्रतिशतले घटेर ७८ करोड सात लाख अमेरिकी डलर पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया