Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाको नाफा बढ्यो

टेस्लाको नाफा बढ्यो


अमेरिका ।
अर्बपति एलन मस्कको कम्पनी टेस्लाले यो वर्षको सुरुवात राम्रो नाफाबाट गरेको छ । कम्पनीले कीर्तिमानी रुपमा कार डेलिभरी गरेको छ भने नाफा पनि बढेको बीबीसीले जनाएको छ ।

विश्वभर कम्प्युटर चिप्सको अभावले उत्पादनमा कठिनाइ पारे पनि टेस्लाको नाफा बढेको हो । मस्कले चिप्स अभावले आपूर्ति प्रणालीमा चुनौती थपे पनि समस्या हल गर्न सफल भएको बतााएका छन् । पहिलो तीन महिनामा कम्पनीले ४३ करोड ८० लाख अमेरिकी डलर नाफा आर्जन गरेको हो । जुन गत वर्षको सोही अवधिमा भएको एक करोड ६० लाख अमेरिकी डलरको तुलनामा निकै बढी हो ।

बिटक्वाइनको बिक्री र वातावरणीय अनुकूलताका कारण कम्पनीलाई फाइद भएको बतााइएको छ । कम्पनीको आम्दानी उक्त अवधिमा १० अर्ब ४० करोड डलर पुगेको छ । गत वर्ष टेस्लाले सोही अवधिमा छ अर्ब डलर मात्रै आम्दानी गरेको थियो । मस्कले टेस्लाको मोडल ३ मध्यम आकारको सेडान कारलाई यो अवधिमा सर्वाधिक बिक्री र लोकप्रिय भएको कार भएको दाबी गरेका छन् ।

आगामी वर्षमा कम्पनीकै मोडल वाई सर्वाधिक लोकप्रिय हुने पनि दाबी गरेका छन् । यस्तै कम्पनीका कारको माग समेत बढेको उनले बताएका छन् । ग्राहकहरुले पनि विद्युतीय कारमा रुचि बढाएको उनको भनाइ छ ।

त्यसो त कम्पनीको नाफा केवल कार बिक्रीबाट मात्रै बढेको होइन । यसमा बिटक्वाइनको पनि योगदान रहेको छ । कम्पनीले डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेको थियो । यसको मूल्य बढेसँगै कम्पनीको आम्दानीमा १० करोड १० लाख डलर योगदान भएको छ । टेस्लाले केही समयअघि मात्रै बिटक्वाइनबाटै कार किन्न सकिने जनाएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया