Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाले मृत्यु भएका टाटाका कर्मचारीका परिवारलाई नियमित तलब

कोरोनाले मृत्यु भएका टाटाका कर्मचारीका परिवारलाई नियमित तलब


नयाँ दिल्ली ।
टाटा स्टिल कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।टाटा स्टिल कम्पनीमा कार्यरत तथा विश्वव्यापी महामारीका कारण निधन भएका कर्मचारीको उमेर ६० वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रुपमा तलब, घर तथा स्वास्थ्य सुविधा प्रदान गर्ने कम्पनीको बजार व्यवस्था शाखाले जनाएको छ ।

त्यसैगरी कोभिड–१९ का कारण निधन भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि व्यहोर्ने कम्पनीले जनाएको छ । टाटा कम्पनीले उक्त घोषणा सामाजिक सञ्जाल ट्विटरमार्फत पनि जानकारी गराएको छ । कम्पनीको उक्त घोषणाको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया