Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी


नयाँ दिल्ली ।
कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार सात सय ३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँगै देशभर हालसम्म कुल दुई करोड ८० लाख ४७ हजार पाँच सय ३४ व्यक्ति कोरोना संक्रमित भएका छन् ।

एएनआईका अनुसार भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । तर भारतमा दैनिक मृत्युदरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा तीन हजार एक सय २८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट तीन लाख २९ हजार सय जनाको ज्यान गएको छ ।

भारतमा हाल कोभिड–१९ का २० लाख २६ हजार ९२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ३८ हजार २२ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

भारतमा हालसम्म ३४ लाख ३१ हजार ५४ हजार व्यक्तिको कोरोना परीक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कुल २१ करोड ३१ लाख ५४ हजार डोज खोप लगाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया