Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा घट्दै सुनको मूल्य

भारतमा घट्दै सुनको मूल्य


नयाँ दिल्ली  ।
भारतमा सुनको मूल्यमा फेरि गिरावट आउनथालेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार सुन ९२ भारु सस्तो भएर प्रति १० ग्रामको मूल्य ४८ हजार चार सय २४ भारु पुगेको छ ।

एचडीएफसीले दिएको जानकारीअनुसार पछिल्लो कारोबारमा सुन ४८ हजार पाँच सय १६ भारु प्रति १० ग्राम मूल्य थियो । यहीअनुसार चाँदी पनि चार सय १४ भारु घटेर ७० हजार एक सय ८१ भारु प्रतिकिलो पुगेको छ । पछिल्लो कारोबारमा चाँदी प्रतिकिलो ७० हजार पाँच सय ९५ भारु थियो ।

गत वर्ष भने सुनले २८ प्रतिशतसम्म नाफा दिएको थियो । त्यसअघि पनि लगानीकर्तालाई सुन कारोबारले २५ प्रतिशत नाफा दिएको थियो । कोरोना महामारीमा सुनले लगानीकर्तालाई झन् धेरै नाफा दिएको थियो । विश्लेषकहरुले सुनको मूल्य अझै एक डेढ वर्ष बढ्ने आकलन गरेका छन् ।

इतिहास हेर्ने हो भने सुनको मूल्य संकटको समयमा बढ्ने गरेको पाइएको छ । सन् १९७९ मा धेरै युद्धका बेला सुन १२० प्रतिशतले बढेको थियो । त्यसयता सन् २०१४ मा सिरियाविरुद्ध अमेरिकाले आक्रमणको तयारी गर्दा पनि सुनको मूल्यले आकाश छोएको थियो । त्यस्तै इरान र अमेरिकाबीच तनाव हुँदा पनि सुनको मूल्य बढेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया