Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको विदेशी ऋण ३४ प्रतिशतले बढ्यो

पाकिस्तानको विदेशी ऋण ३४ प्रतिशतले बढ्यो


इस्लामावाद । उच्च निर्यात र धेरै रेमिट्यान्स आप्रवाहका बाबजुद पाकिस्तानले अघिल्लो वर्षभन्दा गत वर्ष ३४ प्रतिशत धेरै ऋण लिएको छ । त्यहाँको आर्थिक मामिला मन्त्रालयका अनुसार पाकिस्तानले भर्खरै सकिएको आर्थिक वर्ष सन् २०२१ मा १४ अर्ब ३० करोड अमेरिकी डलर ऋण लिएको हो । जुन अघिल्लो वर्षभन्दा ३४ प्रतिशत धेरै हो ।

मन्त्रालयको तथ्यांकअनुसार उक्त वर्ष सरकारले १४ अर्ब २८ करोड विदेशी ऋण लिएको छ । त्यसअघिको वर्षमा पाकिस्तानले १० अर्ब ६६ करोड अमेरिकी डलर ऋण लिएको थियो । योसँगै कुल विदेशी ऋण सन् २०२०–०२१ को बजेटको लक्ष्यभन्दा १७ प्रतिशत बढी पुगेको छ । उक्त बजेटले १२ अर्ब ३३ करोडको ऋण लक्ष्य निर्धारण गरेको थियो । यसले यसअघिको ऋण र आयातमा लगानीका लागि धेरै विदेशी विनिमय आवश्यक हुने देखिएको बताइएको छ ।

ऋणमध्ये आठ अर्ब २० करोड डलर गैरपारम्परिक बहुपक्षीय र द्विपक्षीय रुपमा प्राप्त भएको थियो । उक्त वर्ष साउदी अरेबियाबाट मात्रै एक अर्ब डलर ऋण लिने भनिए पनि सोही वर्ष प्राप्त भएको थिएन । त्यसको पूर्ति चीनबाट ऋण ल्याएर गरिएको थियो ।

यसबाहेक पाकिस्तान सरकारले साढे दुई अर्ब डलर अन्तर्राष्ट्रिय ऋणपत्रमार्फत प्राप्त गरेको थियो । त्यसमा एक अर्ब डलरको १० वर्षमा परिपक्व हुने युरोबन्ड, ५० करोड डलरको ३० वर्षमा परिपक्व हुने र पाँच वर्षमा परिपक्व हुने एक अर्ब डलरको युरोबन्डमार्फत प्राप्त भएको बताइएको छ । त्यसमा सरकारले चार अर्ब ७० करोड डलर व्यावसायिक ऋण अन्तर्राष्ट्रिय बैंकहरुमार्फत प्राप्त गरेको बताइएको छ । यी सबै ऋण बजेटरी सहयोगको लागि लिइएको हो ।

पाकिस्तानले स्ट्यान्डर्ड चार्टर्ड बैंक लन्डन, सुसी एजी यूबीएल, अजमान बैंक, दुवई बैंक, इमिरेट्स एनबीडी, इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना, चाइना डेभलपमेन्ट बैंक र चीन सरकार लगायतबाट ऋण लिएको थियो भने बहुपक्षीय माध्यमअन्तर्गत भने एसियाली विकास बैंक, विश्व बैंक समूहलगायतबाट पनि ऋण लिएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया