Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनिसानको १८ अर्ब डलरको विद्युतीयकरण योजना

निसानको १८ अर्ब डलरको विद्युतीयकरण योजना


जापान । सवारीसाधन निर्माता निसानले अर्बौँ लागतको विद्युतीयकरण योजना अघि सारेको छ । एक दशकअघि अमेरिकामा लिफ विद्युतीय कार बजार ल्याएको कम्पनीले सन् २०३० सम्म २३ हाइब्रिड र १५ पूरै विद्युतीय मोडलका कार विकास गर्न १८ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो ।

‘सामाजिक आवश्यकतालाई सम्बोधन गर्न कम्पनीहरुको भूमिका अत्यन्त बढेको छ । निसान महत्वाकांक्षा २०३० सँगै हामी विद्युतीयकरणको नयाँ युग हाँक्न चाहन्छौाँ, उन्नत प्रविधिद्वारा कार्बन उत्सर्जन घटाउन र नयाँ व्यावसायिक अवसर खोजी गर्न चाहन्छौँ । हामी निसानलाई दिगो कम्पनीका रुपमा निसानको रुपान्तरण चाहन्छौँ जुन समाज र ग्राहकले पनि चाहिरहेको छ’, निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले भने ।

सोमबार अनलाइन माध्यमबाट यो योजना सार्वजनिक गरिएको फक्स बिजनेसले जनाएको छ । कम्पनीले उक्त अवधिमा ५० प्रतिशत निसानका सवारीसाधनलाई विद्युतीयकरण गर्ने बताएको छ । युरोपमा यस्तो दर ७५ प्रतिशत, जापानमा ५५ प्रतिशत, चीनमा र अमेरिकामा ४० प्रतिशत सन् २०२६ सम्म पूरा गर्ने कम्पनीको दाबी छ । कम्पनीले यसका लागि सन् २०२८ सम्म सोलिड स्टेट ब्याट्री प्रयोगको लक्ष्य पनि तोकेको छ । यसले लागत, तौल र चार्जिङ समय घटाउने अपेक्षा छ ।

यद्यपि कम्पनीले नयाँ मोडलको भने घोषणा नगरेको बतााइएको छ । तर धेरै अवधारणाको खुलासा भने गरेको छ । जसमा विद्युतीय पिकअप सर्फ आउट र म्याक्स आउट कन्भर्टिबल स्पोट्र्स कार छन् । यो अवधिमा निसानले वार्षि ब्याट्री उत्पादन क्षमता १३० गिगावाट आवर्स पु-याउने बताएको छ । त्यही अवधिमा यताा टोयोटाले २०० गिगावाट आवर्स पु-याउन साढे १३ अर्ब अमेरिकी डलर लगानी गर्ने घोाषणा गरिसकेको छ ।

निसानको नयाँ अमेरिकी बजारलक्षित कार एरिया एसयूभी सन् २०२२ को अन्त्यतिर अमेरिकामा बिक्री हुनसक्नेछ । यसको सुरुवाती मूल्य ४७ हजार एक सय २५ अमेरिकी डलर हुनेछ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x