Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबिटक्वाइनलाई मान्यता दिने निर्णय खारेज गर्न एल साल्भाडोरलाई आईएमएफको दबाब

बिटक्वाइनलाई मान्यता दिने निर्णय खारेज गर्न एल साल्भाडोरलाई आईएमएफको दबाब


अमेरिका । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले एल साल्भाडोरलाई बिटक्वाइनलाई वैधानिक मुद्राको मान्यता दिने निर्णय खारेज गर्न आग्रह गरेको छ ।
गत सेप्टेम्बरमा एल साल्भाडोर बिटक्वाइनबाट उपभोक्तालाई उपभोग्य सामान खरिद गर्न अनुमति दिने पहिलो राष्ट्र बनेको थियो । उसले अमेरिकी डलर र बिटक्वाइनलाई सबै कारोबार गर्न सकिने मौद्रिक साधनको मान्यता दिएकोा थियो । यो निर्णयले त्यहाँ ठूलो आन्दोलन भएको थियो । यसले अस्थिरता र महंगी बढ्ने भन्दै जनमानसमा तीव्र असन्तुष्टि देखिएको थियो ।

नोभेम्बरयता बिटक्वाइनको मूलय आधाजसोले घटिसकेको छ । आईएमएफले राष्ट्रपपति नायिब बुकिलीलाई क्रिप्टोकरेन्सीले देशलाई जोखिममा पार्ने बताएको छ । यसले संस्थाबाट ऋण लिन पनि कठिन हुने चेतावनी दिएको छ । आईएमएफको बोर्ड निर्देशकहरुले बिटक्वाइनको मान्यता खारेज गरी यसको प्रयोग साँघुरो बनाउन भनेको छ ।

आईएमएफले वित्तीय स्थिरता, वित्तीय एकता र उपभोक्ता संरक्षणमा बिटक्वाइनको प्रयोगले ठूला जोखिम निम्त्याउने बताएको छ । एल साल्भाडोरले बिटक्वाइनलाई वैधानिक बनाउने घोषणा गरेसँगै नयाँ डिजिटल वालेट एप सार्वजनिक गरी हरेक नागरिकलाई ३० डलरबराबरको बिटक्वाइन दिएको थियो । देशभर दुई सयभन्दा बढी नयाँ क्यास मेसिन पनि जडान गरिएको थियो । उसले आर्थिक विकास गर्ने र रोजगारी सिर्जना गर्ने माध्यमका रुपमा उक्त कदम चाले पनि योसँगै देशभित्र मतविभाजन देखिएको थियो । योसँगै व्यवसायहरुले सम्भव भएसम्म डिजिटल क्वाइन भुक्तानीको रुपमा स्वीकार्नुपर्ने भएको थियो । बिटक्वाइन एउटा विवादित भर्चुअल मुद्रा हो किनभने यसको मूल्य घटबढ भइरहन्छ । नाटकीय रुपमा बितेको वर्ष यसको उतारचढाव देखिएको थियो ।

मंगलबार बिटक्वाइन ३७ हजार डलर प्रतिएकमा कारोबार भएको थियो । नोभेम्बरमा यसको मूल्य प्रतिएक ६७ हजार सात सय ३४ अमेरिकी डलरसम्म पुगेको थियो । राष्ट्रपति बुकिलीले नोभेम्बरमा एल साल्भाडोरमा ज्वालामुखीलाई बिटक्वाइन सिटी बनाउने योजना घोषणा गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया