सन् २०३५ सम्ममा क्यालिफोर्नियाले पेट्रोलियम सवारी बन्द गर्ने
अमेरिका, संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यले आगामी सन् २०३५ सम्ममा पेट्रोलियमबाट चल्ने सवारीसाधनको बिक्रीमा प्रतिबन्ध लगाउने भएको छ । जलवायु परिवर्तनसँग जुध्न उक्त राज्यले लिएको यो हालसम्मकै ठूलो कदम हो । नयाँ नियमअनुसार कार कम्पनीमाथि दबाब बढ्नेछ । उनीहरुले स्वच्छ ऊर्जामा आधारित सवारी साधन उत्पादन गर्नुपर्नेछ ।
गभर्नर ग्याविन न्युसमले सन् २०२० मै परम्परागत इन्धनमा आधारित सवारीसाधनबाट नवीकरणीय ऊर्जामा आधारित सवारीसाधनतर्फ रुपान्तरणमा जाने लक्ष्य सार्वजनिक गरेका थिए । त्यसपछि अहिले उक्त राज्यले यस्तो कदम चालेको हो । यो नियमअनुसार राज्यमा बिक्री हुनेमध्ये सन् २०२६ सम्ममा ३५ प्रतिशत सवारीसाधन विद्युतीय, हाइब्रिड वा हाइड्रोजन पावरको हुनुपर्नेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया