पाकिस्तानसँगको सम्मेलनमा मोदी पनि सहभागी हुने
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानमा आयोजना हुने क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने भएका छन् । रूसका अनुसार सम्मेलनमा भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आमनेसामने वार्ता हुने भएको छ ।
चीन, रूस, मध्य एसियाका चार देश कजाकिस्तान, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान, भारत र पाकिस्तान सम्मिलित साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेकिस्तानको समरकन्दमा हुने भएको हो ।
बुधबार चीनका लागि रूसका राजदूतले पुटिन र सीबीच शिखर वार्तामा भेट हुने बताउनुभएको थियो । यो कोरोना भाइरस महामारीको सुरुवाती दिनदेखि चिनियाँ नेताको पहिलो विदेश भ्रमण हुनेछ । बेइजिङको विदेश मन्त्रालयले तत्काल उक्त बैठकको पुष्टि गरेको छैन र एक प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा यस विषयमा ‘कुनै जानकारी उपलब्ध गराउन नसकिने’ बताएका छन् ।
भारत सरकारले पनि आइतबार जारी गरेको वक्तव्यमा मोदीले पुटिन, सी वा गत अप्रिलमा पाकिस्तानी प्रधानमन्त्री बनेपछि पहिलो पटक शहबाज सरिफसँग द्विपक्षीय वार्ता गर्ने वा नगर्ने भन्ने बारे केही बताएको छैन । चीनले जस्तै भारतले पनि युक्रेनमाथि मस्कोको आक्रमणसम्बन्धमा समर्थन वा विरोधमा केही कोलेको छैन भने रूसी तेलको खरिद बढाएको छ ।
सन् २०२० मा चीनसँगको विवादित सीमाक्षेत्रमा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि भारत र चीनबीचको सम्बन्धमा केही चिसोपन आएको थियो । मोदी र सीबीच सन् २०१९ यता द्विपक्षीय वार्ता भएको छैन । भारत संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँगै तथाकथित क्वाडको एक हिस्सा पनि हो । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया