Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअर्थतन्त्रको उत्थानका लागि विदेशी पर्यटकलाई खुल्ला गर्दै जापान

अर्थतन्त्रको उत्थानका लागि विदेशी पर्यटकलाई खुल्ला गर्दै जापान


टोक्यो । जापानले विदेशी पर्यटकलाई खुल्ला गर्ने तयारी गरेको छ । सरकारी अधिकारीहरुले अर्थतन्त्रलाई माथि उठाउन कोरोनाका कारण सीमामा गरिएका कडाइ खुकुलो बनाउन सक्ने बताएको बीबीसीले जनाएको छ । डेपुटी चिफ क्याबिनेट सेक्रेटरी सेइजी किहाराले स्थानीय टेलिभिजनलाई येन (जापानी मुद्रा) कमजोर भएको बेला धेरै पर्यटक तान्न सकिने बताएका हुन् । गत हप्तामात्रै अमेरिकी डलरको तुलनामा येत हालसम्मकै कमजोर बन्ने क्रममा १.७ प्रतिशतले अवमूल्यन भएको थियो ।

पछिल्लो दुई वर्षमा जापानले धेरैजसो विदेशी पर्यटकलाई प्रवेश रोक्दै आएको छ । कोरोना महामारीका कारण जापानले कडाइ गरेको हो । गत वर्ष ढिलाइ भएको टोक्यो ओलम्पिक गेम्समा पनि उसले पर्यटकलाई आउन रोकेको थियो । यो महिनाको सुरुतिर भने धेरैजसोलाई प्रवेश दिएको थियो । उक्त महिना ५० हजार पर्यटक प्रतिदिनको हिसाबमा जापान भित्रिएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया